आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुसले १५ बर्षिया खेलाडीलाई डोपिङ दिएर ओलम्पिकमा उतारेको पुष्टी

रुसले १५ बर्षिया खेलाडीलाई डोपिङ दिएर ओलम्पिकमा उतारेको पुष्टी

  • मिडिया डबली
  • मंगलवार, माघ १६ २०८०

  • 1.9K
    SHARES

  • रुसले १५ बर्षिया खेलाडीलाई डोपिङ दिएर ओलम्पिकमा उतारेको पुष्टी

    जेनेभा-  रुसी फिगर स्केटर क्यमिला भलिभामाथी प्रतिबन्ध लगाइएको छ । लामो समयदेखि चलिरहेको डोपिङ सागा मुद्धामा उनलाई सोमबार दोषी पाइएको हो । जसअनुसार  १७ वर्षीया किशोरी क्यामिला माथी चार वर्षको प्रतिबन्ध लगाइएको थियो।

    स्विट्जरल्याण्डको खेलकुदको आर्बिट्रेसन कोर्टले बेइजिङमा २०२२ को शीतकालीन ओलम्पिक अघि भएको परीक्षणबाट भलिभालाई डोपिङ विरोधी नियम उल्लङ्घनमा दोषी पाइएको थियो। जस अनुसार रुसले आफना १५ बर्षिया खेलाडीलाई डोपिङ दिएर ओलम्पिकमा उतारेको पुष्टी भएको छ ।

    साे प्रतिबन्ध डिसेम्बर २५ डिसेम्बर २०२१ देखी गणना सुरु हुनेछ, जुन दिन डोपिङको आशंकामा नमूना सङ्कलन गरिएको थियो ।  उनी माथी सो प्रतिबन्ध लागे पछि विश्वभरका एन्टी(डोपिङ निकायहरूले स्वागत गरेका छन ।

    ‘बालबालिका माथीको डोपिङ अक्षम्य छ,’ विश्व एन्टी डोपिङ एजेन्सी ‍(वाडा) ले एक विज्ञप्तिमा भन्यो, ‘डाक्टर, प्रशिक्षक वा अन्य सहयोगी कर्मचारीहरू जसले नाबालिगहरूलाई प्रदर्शनका लागि थप तागतदार पदार्थहरू उपलब्ध गराएको पाइन्छ उनीहरूले विश्व एन्टी डोपिङको मुद्धा सामना गर्नुपर्छ ।’

    क्यामेला डोपिङको आशंकामाा नमुना संकलन गर्दा केवल १५ वर्षकी थिइन्, जब उनले ट्राइमेटाजिडिनको लागि परीक्षण गरे तब उनी माथी डोपिङ प्रयोग गरिएको प्रारम्भिक रिर्पोट देखिएको थियो । जसलाई  अहिले अदालतले दोषी ठहर गरेको हो । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १६ २०८००१:५३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend