काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउँदा सप्तरीको राजविराज तनावग्रस्त बनेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बाबजुद पनि मधेस प्रदेश सरकारले उपेन्द्रलाई विश्वविद्यालय शिलान्यासको प्रमुख अतिथि बनाएको थियो । कार्यक्रम स्थगित गर्न भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका थिए ।
जसपा र जनमत पार्टीका नेता कार्यकर्ताबीच हानाहान हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव, सांसदहरू सतिशकुमार सिंह, भाग्यश्री चौधरी, रञ्जु खंगसहित घाइते भएका छन् ।
प्रहरीको लाठीचार्जबाट उनीहरू घाइते भएका हुन् । सिके राउत र उपेन्द्र यादवको इगाले अहिले स्थिति तनावग्रस्त बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।