काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गणतन्त्र समाप्त गर्ने खेलमा लागेको आरोप लगाएका छन् । ओली यस्तो खेलमा लागेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै अर्का अध्यक्ष प्रचण्डले बताइसकेको उनले बताए ।
पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघद्वारा शनिबार जनकपुरधाममा आयोजना गरिएको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ बिषयक अन्तरक्रियामा यादवले भने, ‘नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको भनेर आफ्नो प्रतिवेदन पेश गर्नुभएको छ ।
यसले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको देखिन्छ ।’ देशमा व्यवस्था परिवर्तन हुँदै गएपनि शासक वर्ग परिवर्तन हुन नसक्दा यस्ता समस्या आउने गरेको उनले बताए । ‘शाषकवर्ग परिवर्तनन नभएकै कारण हासिल भएका उपलब्धीहरू गुम्ने खतरा बढेको छ’ उनले भने, ‘बर्तमान सरकार नै देशलाई धरासाही बनाउन उदृत छन् ।’
कार्यक्रममा पार्टीका नेता शरतसिंह भण्डारीले आन्दोलनबाट प्राप्त उपलब्धीलाई व्यवस्थापन गर्न सबै दल चुकेको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले पछिल्लो समय कानुनै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको बताए । संघ सरकारको संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरू कानुनी लडाईं लड्दै आएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।