काठमाडौँ- जनता समाजवादी पार्टीका नेतालाई यति बेला अरु पार्टीका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउन कोरोनालाई बिर्सेर सयौंँको भिड भेला गराउँदै विभिन्न जिल्ला पुगिरहेका छन्।
कोरोना भाइरसको संक्रमण जोखिमालाई बेवास्ता गरी मानिसहरु भेला गराएर पार्टी प्रवेश गराउन हतारो गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
यता जनता समाजवादीकै पूर्व सांसद सरिता गिरीले विज्ञप्ती नै जारी गरेर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवकोविरुद्धमा उत्रिएकी छन्।
‘हिजो असोज २६ सोमबारका दिन कोराना संक्रमणको दौरानमा पर्साको सखुवा पर्साैन, महुवन र औराहामा जनता समाजवादी पार्टीले संयौंँको संख्यामा जनतालाई भेला गराई आयोजना गरेको शुभकामना आदानप्रदान र पार्टी प्रवेश कार्यक्रमको हामी घोर विरोध गदैछौँ’ विज्ञप्तीमा भनिएको छ।
उक्त कार्यक्रममा पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमंत्री तथा स्वाथ्य मन्त्रीसमेत रहेका उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउतलगायतका नेताहरुको सहभागीता थियो।
उक्त भेलाले सरकारले कोरोना जोखिम कम गर्न बनाएको मापदण्डको जसपाले उल्लंघन गरेको गिरीको ठहर छ। उनले नेताहरुले जनताको स्वास्थ्यसँग खेलवाड गरेको आरोप पनि लगाएकी छन्।
पर्सा जिल्ला कोरोनाको उच्च संक्रमण भएको जिल्ला उल्लेख गर्दै गिरीले जसपा पार्टीले जनता प्रति अनुत्तरदायी व्यवहार गरेको बताएकी छन्। उनले गैरकानुनी व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानकर्षण पनि विज्ञप्ती मार्फत गराएकी छन्।
गिरीको तराई मधेश बृहत लोकतान्त्रिक मोर्चाले जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै भट्टराई, यादव र मुख्यमन्त्री राउतसहितलाई कारवाहीको माग पनि गरेको छ।
यो पनि पढ्नुहोस्
तराई मधेसमा कोरोना भाइरस फैलाउँदै बाबुराम र उपेन्द्र
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।