काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राजा महाराजाकै बाटोमा हिँडेको आरोप लगाएका छन्।
जसपा जनकपुरले आयोजना गरेको युवा नेतृत्व प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले राजा महेन्द्रको शैली, निरंकुशवादी र नश्लवादी भएको आरोप लगाएका हुन्। ओलीले संघ मात्रै होइन प्रदेश सरकार पनि समाप्त गर्ने षडयन्त्र गरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
संसद विघटन गरेर ओलीले घोषणा गरे अनुसार निर्वाचन नहुने उनको भनाई छ। ‘ओलीले संसद विघटन चुनाव गराउनका लागि गरेकै होइनन् । अब प्रदेशसभा पनि समाप्त पार्छन्,’ उनले भने, ‘त्यसपछि आन्दोलन हुन्छ, अनि संकटकाल लगाउँछन् । त्यसपछि सेनाले संविधान भंग गरेर अगाडि बढ्छ ।’
‘लामो आन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक हक जस्ता अधिकार ओलीले समाप्त पार्न खोजेका छन्’, उनले भने, ‘फेरि मुलुकलाई निरंकुश शासन प्रणालीतिर मुलुकलाई लैजान खोजिएको छ ।’ पार्टीमा झगडा भयो भन्ने बहानामा ओलीले देशमै आगो लगाएको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।