आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपालमा १० प्रदेश चाहिन्छ : उपेन्द्र यादव

नेपालमा १० प्रदेश चाहिन्छ : उपेन्द्र यादव

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 8.9K
    SHARES

  • नेपालमा १० प्रदेश चाहिन्छ  : उपेन्द्र यादव

    काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनर्संरचना परिमार्जनबिना संघीयता संस्थागत हुन नसक्ने बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरमा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक सन्दर्भमा अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै यादवले विगतमा राज्य पुनर्संरचना आयोगले प्रस्तुत गरेको १० प्रदेशको अवधारणा अनुरुप राज्य पुनर्संरचनालाई परिमार्जन गरिनुपर्ने बताए ।

    “अहिले कायम गरिएको सात प्रदेशमा न पहिचानले स्थान पाएको छ सामथ्र्य छ,” पूर्वउपप्रधानमन्त्री यादवले भने, “संघमा साझेदारी र प्रदेशमा स्वायत्त सरकार हुनुपर्छ ।” यस्तो नभएसम्म संघर्ष जारी राख्ने उल्लेख गर्दै उनले लोकतन्त्र र संघीयता विरोधी तत्वलाई परास्त गर्न एकपटक फेरि सशक्त आन्दोलनको आवश्यकता रहेको जिकिर गरे ।

    मुलुकमा बसोबास गर्ने आधाभन्दा बढी जनसंख्याले अपनत्व महसुस गर्न सक्ने संविधान नआए पनि राजतन्त्र र एकल शासन प्रणालीलाई अन्त्यगरी गणतन्त्र र संघीयता प्राप्त भएको चर्चा गर्दै उनले प्राप्त उपलब्धीलाई जोगाउँदै बाँकी मुद्दामा संघर्ष जारी रहेको उल्लेख गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २३ २०७७०६:१४:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend