काठमाडौं - माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा भोजको आयोजना गरेका छन् ।
माघी पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्न राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूलाई शीतल निवासमा आमन्त्रण गरेका हुन् । बिहानको खाना खाने गरी नेताहरूलाई डाकिएको हो ।
आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्ने गर्छ ।
माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्तिसमेत भनिन्छ ।
धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सरकारले माघी पर्वको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।