मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

शीतल निवासले फेरि हाल्यो भुङ्ग्रोमा हात

शीतल निवासले फेरि हाल्यो भुङ्ग्रोमा हात

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २६ २०८०

  • 149.9K
    SHARES

  • शीतल निवासले फेरि हाल्यो भुङ्ग्रोमा हात

    काठमाडौं - नेपालीमा एउटा उखान छ, ‘नानीदेखि लागेको बानी केही गरे पनि सुध्रिँदैन ।’

    जतिसुकै ठूलो पदमा पुगे पनि मान्छेले आफ्नो असली चरित्र देखाइहाल्छ भनेझैं शीतल निवासमा प्रवेश गर्ने कोही पनि अहिलेसम्म विवादमुक्त बन्न सकेका छैनन् ।

    नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव पनि विवादित बने । उनकै कार्यकालमा नेपालमा संविधान जारी भएको थियो । तर रुक्मांगद कटवाल काण्ड र कांग्रेसको १२औं महाधिवेशनमा यादवले कांग्रेसको एउटा पक्षलाई साथ लिएपछि विवादमा तानिएका थिए।

    सेनापति काण्डमा यादवले कांग्रेस, एमालेलगायत दलको आग्रहमा निर्णय गरेका थिए । जसमा माओवादीबाहेक अरुले आलोचना गरेनन् । तर संवैधानिक भूमिकामा रहेका राष्ट्रपतिको त्यो कदम उचित भने थिएन ।

    आफूले सेनापतिमा रुक्मांगद कटवाललाई हटाएर कुलबहादुर खड्कालाई बनाएको निर्णय राष्ट्रपति यादवले बदर गरिदिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका थिए ।

    यादव शीतल निवासमै हुँदा कांग्रेसको १२औं महाधिवेशन भएको थियो । महाधिवेशमा सभापतिका लागि सुशील कोइराला र शेरबहादुर देउवा मैदानमा थिए ।

    तर यादवले देउवालाई हराउन धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाका महाधिवेशन प्रतिनिधिलाई बोलाएर शीतल निवासमा दहीच्युरा खुवाएका थिए ।

    महाधिवेशनमा कोइरालाले देउवालाई सभापतिमा पराजित गरे । त्यसयता देउवा र यादवबीच हार्दिक सम्बन्ध छैन । रामवरण कांग्रेसका पूर्वमहामन्त्री हुन् ।

    यादवपछि एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भइन् । उनी सात वर्ष शीतल निवासमा बसिन् । आफ्नो कार्यकालमा भण्डारी पनि विवादमुक्त रहिनन् ।

    एमालेको पार्टी राजनीतिदेखि तत्कालीन नेकपाको विवादमा समेत उनले पक्षधरता देखाएकी थिइन् । उनी एमालेमा केपी ओली निकट देखिन्थिन् । ओली प्रधानमन्त्री हुँदा भण्डारीले सरकारका हरेक निर्णयमा तत्काल स्वीकृति दिने गर्थिन् ।

    एमालेमा ओलीबाहेक अरु नेतालाई बोलाएर थर्काउने, निर्देशन दिने, दबाब दिने गरेको भुक्तभोगी एमाले नेता कार्यकर्ता बताउँछन् । अहिले तिनै भण्डारीको ओलीसँग सम्बन्ध चिसिएको छ ।

    गत फागुनमा राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले पनि आफ्नो अनुहार देखाइहालेका छन् । आफूलाई राष्ट्रपति बनाउन प्रचण्डको गुण तिर्न उनले अहिले कोशीमा देखिएको लफडामा कांग्रेस नेता शेखर कोइरालालाई फोन गरेर दबाब दिएका छन् ।

    सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा अगाडि सारेका माओवादीका इन्द्र आङ्बोविरुद्ध एमालेको साथ लिएर शेखर पक्षीय केदार कार्की उभिएपछि कांग्रेसमा हलचल मच्चिएको छ ।

    शुक्रबार बिहान राष्ट्रपति पौडेलले शेखरलाई फोन गरेर केदारलाई ब्याक गराउन आग्रह गरेका थिए । पार्टीभित्र सबै मिलेर आफूलाई पेल्न खोजेको भन्दै केदारलाई ब्याक नगराउने पौडेललाई शेखरको जवाफ थियो ।

    राष्ट्रपतिले अनावश्यक रूपमा दलमा खेल्न खोजेको भन्दै अहिले आलोचना भइरहेको छ । यसअघि पनि दुई तीनवटा निर्णयका कारण शीतल निवास आलोचित हुँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १ २०८००२:५०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend