आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधी चितवनलाई

हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधी चितवनलाई

  • मिडिया डबली
  • आइतवार, पौष २९ २०८०

  • 2.1K
    SHARES

  • हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधी चितवनलाई

    काठमाडौं - हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ।

    दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो।

    पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधी विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

    कपको उपविजेता रामेछापले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। कपमा तेस्रो भएको सिन्धुलीले ५० हजार नगदसहित प्रमाणपत्र पेराप्त गरेको छ भने र दोलखाले सान्त्वनास्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ।

    कपमा वेस्ट प्लेयरको  चितवनका नवीन महतो, वेस्ट स्पाइकर रामेछापका रोशन मगर,वेस्ट सर्भर  सिन्धुलीका सरोज हायु, वेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, वेस्ट ब्लकर चितवनकै मनिष राई र वेस्ट डिफेन्डर रामेछापका माइकल आलेले ट्रफी प्राप्त गरेका छन्।

    तत्कालीन माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क)ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति शुक्रराज तामाङले उपाधी विजेताहरुलाई मेडल, ट्रफी र नगदसहित सम्मान गरेका थिए।

    प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता रहेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २९ २०८००५:५७:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend