मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

भारतीय विदेशमन्त्री जयशंकरले पशुपतिमा रोपे बिरुवा

भारतीय विदेशमन्त्री जयशंकरले पशुपतिमा रोपे बिरुवा

  • मिडिया डबली
  • शुक्रवार, पौष २० २०८०

  • 1.4K
    SHARES

  • भारतीय विदेशमन्त्री जयशंकरले पशुपतिमा रोपे बिरुवा

    काठमाडौं - नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार बिहान पशुपति परिसरमा बिरुवा रोपेका छन् ।

    बिहान पशुपतिनाथको दर्शन र पूजापाठ गरेलगत्तै उनले पशुपति परिसरमा वृक्षरोपण गरेका हुन् । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका जयशंकरले हिजो नै राजनीतिक भेटवार्ता गरिसकेका छन् ।

    आजै स्वदेश फर्किन लागेका जयशंकर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा भारतको सहयोगमा निर्माण भएको भवनको उदघाटन गर्न जानेछन् । संयुक्त आयोगको बैठकपछि जयशंकरले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।

    होटल द्वारिकाजमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

    तर मधेस केन्द्रित दलका शीर्ष नेतासँग भने उनले सामूहिक भेटवार्ता गरे । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग उनले सामूहिक भेटवार्ता गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८००१:४२:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend