मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

काठमाडौं ओर्लेलगत्तै भारतीय विदेशमन्त्री जयशंकरको राजनीतिक भेटवार्ता तीव्र

काठमाडौं ओर्लेलगत्तै भारतीय विदेशमन्त्री जयशंकरको राजनीतिक भेटवार्ता तीव्र

  • मिडिया डबली
  • बिहिवार, पौष १९ २०८०

  • 1.4K
    SHARES

  • काठमाडौं ओर्लेलगत्तै भारतीय विदेशमन्त्री जयशंकरको राजनीतिक भेटवार्ता तीव्र

    काठमाडौं - दुई दिने नेपाल भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगत्तै भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकरले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् ।

    नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन काठमाडौं आइपुगेका उनले पहिलो भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग गरे ।

    IMG_2959.jpeg

    शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    शीतल निवासबाट फर्केलगत्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

    IMG_2957.jpeg

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर जयशंकरले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा परराष्ट्र सचिव सेवा लम्साल र भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

    IMG_2956.jpeg

    केही समयपछि उनी होटल याक एन्ड यतिमा आयोजना हुने नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुने छन् । उनले त्यहीँ परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।

    IMG_2958.jpeg

    परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री जयंशकरको सम्मानमा आयोजना गर्ने दिवाभोजमा विभिन्न दलका शीर्ष नेता सहभागी हुनेछन् । त्यहीँ जयंशकरले दलका शीर्ष नेतालाई भेट्ने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २० २०८०११:४३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend