मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर बिहीबार नेपाल आइपुग्‍ने

नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर बिहीबार नेपाल आइपुग्‍ने

  • मिडिया डबली
  • बुधवार, पौष १८ २०८०

  • 1.3K
    SHARES

  • नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर बिहीबार नेपाल आइपुग्‍ने

    काठमाडौं- नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर बिहीबार नेपाल आइपुग्‍ने भएका छन्। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरले संयुक्तरुपमा अध्यक्षता गर्ने बैठक बिहीबार र शुक्रबार काठमाडौंमा हुने भएको छ। 

    द्विपक्षीय साझेदारीका विविध पक्षको समीक्षा गर्ने उद्देश्यले सन् १९८७ मा स्थापना भएको नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा पनि समग्र द्विपक्षी सम्बन्ध र आपसी साझेदारीका विषयमा समीक्षा हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    जयशंकरको नेपाल भ्रमणका क्रममा नेतृत्व र प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटघाट हुने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, 'भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथिमकताको साझेदार मुलुक हो। यो भ्रमण दुई निकट र छिमेकी मित्र राष्ट्रसँगको परम्परागत उच्चस्तरीय आदानप्रदान हो।' 

    जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने र परराष्ट्रमन्त्रीले समकक्षीको स्वागतका लागि आयोजना गरेको रात्रीभोजमा सहभागी हुने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २० २०८०११:४३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend