मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, संयुक्त आयोगको बैठक सुरु

परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, संयुक्त आयोगको बैठक सुरु

  • मिडिया डबली
  • बिहिवार, पौष १९ २०८०

  • 1.2K
    SHARES

  • परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, संयुक्त आयोगको बैठक सुरु

    काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार दिउँसो दुवैबीच औपचारिक भेटवार्ता भएको हो ।

    भेटवार्तालगत्तै नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरिरहेका छन्।

    तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    बिहीबार नै सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो।

    सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।

    परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ।

    भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रुपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।

    भारतले २४ करोड प्रस्ताव गरेको थियो । तर नेपालले चार करोड घटाएर २० करोडमा सहमति जनाएको हो । हाल पाँच करोड रुपैयाँ दिइँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २० २०८०११:४३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend