आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुविसुद्वारा भूकम्प प्रभावित क्षेत्रमा सोलार लाइट र ब्याकअप प्याकेज वितरण

सुविसुद्वारा भूकम्प प्रभावित क्षेत्रमा सोलार लाइट र ब्याकअप प्याकेज वितरण

  • मिडिया डबली
  • मंगलवार, पौष १७ २०८०

  • 1.8K
    SHARES

  • सुविसुद्वारा भूकम्प प्रभावित क्षेत्रमा सोलार लाइट र ब्याकअप प्याकेज वितरण

    काठमाडौं- इन्टरनेट प्रदायक संस्था सुविसुले भूकम्प प्रभावित क्षेत्रमा सोलार लाइट र ब्याकअप प्याकेज वितरण गरेको छ। 

    सुविसुले सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोटको वडा नम्बर ५ को नलगाडमा रहेको इन्द्रधनुष प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्‍नका लागि २०० थान सोलार लाइटिङ र ब्याकअप प्याकेज बक्स उपलब्ध गराएको जनाइएको छ। 

    subusu (5).jpg

    सुविसुको टिम प्रभावित क्षेत्रमा पुग्दा भूकम्पले निकै ठूलो क्षति गरेको देखेको विज्ञप्तिमार्फत जनाइएको छ। आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा, सुबिसुले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने निर्णय गरेको थियो। 

    subusu (4).jpg

    जस अनुसार नोभेम्बर ३ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पले धेरैको जनजीवनमा गहिरो प्रभाव पारेको क्षेत्रमा सहयोग गरेको हो।

    subusu (6).jpg

    भूकम्पका कारण बिजुली प्रभावित हुँदा विद्यार्थीहरूलाई साँझमा अध्ययन गर्ने माध्यमहरू उपलब्ध गराएर तिनीहरूलाई चुनौतीहरू पार गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सशक्त बनाउने लक्ष्यमा सहयोग गरेको सुविसुले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १७ २०८००४:१६:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend