काठमाडौं - सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य किस्ताबन्दीमार्फत अब ग्राहकवर्गहरुले क्रेडिट कार्डविनै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका इलेक्ट्रोनिक्स् सामान खरिद गर्न सक्नेछन् ।
घरेलु उपकरणहरू टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयरकन्डिसनर सुपथ मूल्यमा खरिद गर्नसक्ने सिजी डिजिटल र जगदम्बाले जनाएका छन् ।
यो सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने दुवै कम्पनीले लक्ष्य राखेका छन् ।
यो सहकार्यले गर्दा अब १२ महिने शून्य किस्ताबन्दीका लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको जनाइएको छ ।
यसका साथै झन्झटमुक्त शून्य प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत व्याजदरमै उपभोक्ताले उच्च गुणस्तरीयय लेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्नसक्ने छन् ।
सिजी डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत गर्ने र इलेक्ट्रोनिक्स बजारमा यो एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने दुबै पक्ष विस्वस्त देखिएका छन्।
यो सुविधा उपत्यकाभित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।