आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

करेन्टद्वारा भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गरि अदालतको आदेशलाई अवज्ञा

करेन्टद्वारा भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गरि अदालतको आदेशलाई अवज्ञा

  • मिडिया डबली
  • आइतवार, पौष १५ २०८०

  • 3.1K
    SHARES

  • करेन्टद्वारा भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गरि अदालतको आदेशलाई अवज्ञा

    काठमाडौं - यशोधा फुड्स प्रा. ली. ले उच्च अदालत पाटनको मानहानी हुने गरि प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

    वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि उत्पादन गरिएको करेन्ट चाउचाउको उत्पादन र विक्रि वितरण अन्तिम फैसला नभएसम्म यथास्थितीमा राख्नु भनेर दिएको आदेशको गलत ब्याख्या गर्दै यशोधाले प्रेस विज्ञप्ति जारी गरेको हो ।

    उच्च अदालत पाटनले उद्योग विभागले मिति २०८०÷०२÷२९ मा गरेको निर्णय प्रस्तुत मुद्धाको अन्तिम फैसला नहुदासम्म कार्यान्वयन नगर्नु भनि यहि पौष ११ गते अन्तरकालिन आदेश दिएको छ ।

    अदालतले उद्योग विभागको उक्त निर्णय कार्यान्वयन नगर्न भनेर आदेश दिएपछि विभागले उक्त मितिमा के निर्णय गरेको थियो भनेर प्रष्ट हुनु आवस्यक छ ।

    उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले उक्त मितिमा करेन्ट चाउचाउलाई वाईवाई चाउचाउको ट्रेडमार्कको नक्कल गरि उत्पादन र विक्रि वितरण गर्न अनुमति दिएका थिए ।

    अदालतले सोही निर्णय कार्यान्वयन नगर्नु भनेर आदेश दिएपछि करेन्ट चाउचाउले पौष ११ गतेदेखि वाईवाईको ट्रेडमार्क नक्कल गरि उत्पादन गर्न र वाईवाईको नक्कल गरेको ट्रेडमार्क अर्थात् वाईवाई जस्तै देखिने गरि उत्पादन गरेको करेन्ट चाउचाउ बजारमा बिक्रि वितरण गर्न पाईदैन ।

    यदि अदालतको यो आदेशलाई पालना नगरेको अवस्थामा करेन्टमाथि अदालतको मानहानीको मुद्धा मात्रै लाग्नेछैन, उसले अदालतको आदेशलाई नटेर्ने र नियम कानून हातमा लिएर जर्वजस्ती गर्न खोजेको पनि ठहरिनेछ ।

    नेपालमा अत्यधिक लोकप्रिय ब्राण्ड बनेको वाईवाईको टे«्डमार्क नक्कल गरेर यशोधा फुड्सले करेन्टलाई वाईवाई जस्तै स्वरूपमा बजारमा विक्रि वितरण गरिरहेको छ । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको उक्त निर्णय यशोधा फुड्सको प्रभावमा परेर गरेको मानिएको छ ।

    विभागका कर्मचारीका अनुसार गौतमले यशोधा फुड्सबाट ‘मोटो रकम’को डिल गरेर करेन्टको पक्षमा उक्त निर्णय गरेका थिए जबकी ट्रेडमार्क चोरी गरेको बिषय अत्यन्तै संवेदनशिल मानिन्छ र यस्ता बिषयमा महानिर्देशकले स्थापित उत्पादनलाई नकारात्मक असर पर्ने गरि निर्णय लिने अधिकार हुदैन ।

    विश्वमा कुनै पनि उत्पादनको ट्रेडमार्क चोरीलाई गम्भिर अपराधमा रुपमा लिइन्छ । यसले बजारमा ख्याती कमाएको उत्पादनको साख गिराउने, उपभोक्तालाई भ्रममा पार्ने र नक्कली सामान उत्पादन गरि सक्कलीजस्तै देखाएर बिक्रि वितरण गर्ने बिषयलाई जनाउँछ । ट्रेडमार्क नक्कल गरेर उत्पादन गरिएका वस्तु मानव स्वास्थ्यका लागि समेत गम्भिर खतरा मानिने हुदा यस्ता बिषयलाई विश्वभर अत्यन्तै संवेदनशिल मानिन्छ ।

    विकसित मुलुकमा ट्रेडमार्क चोरी गर्ने कम्पनीलाई बन्दसम्म गर्ने गरिन्छ । यसोधा फुड्सले उच्च अदालत पाटनको आदेशको एक अंश मात्रै प्रेस विज्ञप्तिमा राखेर भ्रम छर्ने कोशिस गरेको छ ।

    यस बिषयमा पूर्ण जानकार हुन विभागको २०८० जेठ २९ गतेको निर्णय र अदालतको आदेशको पूर्ण अंश अध्ययन गरेपछि प्रष्ट हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १५ २०८००२:५०:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend