आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

  • मिडिया डबली
  • शुक्रवार, पौष १३ २०८०

  • 2.4K
    SHARES

  • वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

    काठमाडौं - उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ ।

    उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने ¥यापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो ।

    उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।

    यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो ।

    चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।

    यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो ।

    अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।

    अदालतको यस आदेशले वाईवाईको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ ।

    यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

    अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि चौधरी ग्रुपद्वारा उत्पादीत वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ ।

    यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।

    यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको छ ।

    तस्विर - १. वाईवाई चाउचाउको प्याकेट ​

    666df977-abad-49b2-9e4d-29dd90d96219.jpeg

    २. वाईवाईको ट्रेडमार्क नक्कल गरि प्याकिङ गरिएको करेन्ट चाउचाउको प्याकेट​

    0b5ba760-4905-422f-82ec-8851c3953ddb.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १३ २०८००१:५०:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend