आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सर्वोच्चको फैसलाले सन्दीप क्रिकेट करियरमा लगाउला पूर्णविराम ?

सर्वोच्चको फैसलाले सन्दीप क्रिकेट करियरमा लगाउला पूर्णविराम ?

  • मिडिया डबली
  • बिहिवार, पौष १२ २०८०

  • 4.5K
    SHARES

  • सर्वोच्चको फैसलाले सन्दीप क्रिकेट करियरमा लगाउला पूर्णविराम ?

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बिहीबार पनि सर्वोच्च अदालतमा जबर्जस्तीकरणीको मुद्दाको सुनुवाइ हुँदैछ ।

    बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार जाहेरी पक्षका वकिलहरुले बहस सकेसँगै बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ ।

    सन्दीपतर्फबाट अधिवक्त मुरारी सापकोटाले सुरुवाती बहस गरेका थिए ।

    उनको पक्षमा वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, किशोर सापकोटा, शम्भु थापा, अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गर्दैछन्।

    न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइमा सरकारी वकिल र पीडितका कानुन व्यवसायीले बहस गरेका छन् ।

    आज सन्दीपका कानुन व्यवसायीको बहसपछि पीडित पक्ष र सरकारी पक्षले जवाफी बहस गर्नेछन् भने त्यसपछि मात्रै अदालतको फैसला आउनेछ ।

    २०७९ भदौ २१ गते एक किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

    सोही वर्षको कात्तिक १५ गते मुद्दा दर्ता भएकामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

    जिल्लाको सो आदेशविरुद्ध पाटन उच्च अदालत पुगेका सन्दीपलाई उच्च अदालतले २०७९ पुस १८ गते देशबाहिर जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो ।

    उच्च अदालतको उक्त आदेशविरुद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप दुवै सर्वोच्च पुगेका थिए ।

    २०७९ कात्तिक १५ गतेदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा पटकपटक पेसी तोकिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।

    यदि बलात्कार मुद्दामा सन्दीपविरुद्ध फैसला आएमा उनको क्रिकेट करियरमै पूर्णविराम लाग्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १२ २०८०११:२०:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend