मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

गोकुल बासकोटाले भने– माओवादी अरु कसैका लागि सेवा दिने मेसिनरी उद्योग हो

गोकुल बासकोटाले भने– माओवादी अरु कसैका लागि सेवा दिने मेसिनरी उद्योग हो

  • मिडिया डबली
  • बिहिवार, पौष ५ २०८०

  • 1.6K
    SHARES

  • गोकुल बासकोटाले भने– माओवादी अरु कसैका लागि सेवा दिने मेसिनरी उद्योग हो

    काठमाडौं - एमाले नेता गोकुल बासकोटा माओवादी अरु कसैका लागि सेवा दिने मेसिनरी उद्योग भएको बताएका छन् ।

    पर्यटनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्म नमान्ने जति सबै देशद्रोही भएको अभिव्यक्ति दिएपछि उनको आलोचना गर्दै बासकोटाले अब ९८ प्रतिशत जनतालाई जेल हाल्न कत्रो जेल बनाउलान् भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

    धर्म व्यक्तिगत स्वतन्त्रता भए पनि संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको उनको भनाइ छ । देशमा हिन्दु, बौद्ध, मुस्लिमको जनसंख्या ९८ प्रतिशत रहेको भन्दै बासकोटाले किराँतीलाई जेल कत्रो बनाउने भनेर प्रश्न गरेका हुन् ।

    माओवादी अहिले जसरी अघि बढेको छ, यसले ऊ अरु कसैको मेसिनरी भएको बासकोटाको भनाइ छ । ‘संस्कृतिमन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु,बौद्ध, मुस्लिम आदि) करिब ९८ प्रतिशत रहेछ । माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म ब्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान,’ उनले भनेका छन् ।

    बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए– राज्यका आँखामा सबै धर्म बराबरी हुन् ।

    आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १२ २०८००२:१८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend