मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
स्थानीय तह निर्वाचन

गोकुल बासकोटालाई एकपछि अर्को धक्का, काभ्रेमा एमाले ‘क्लिन स्विप’ को बाटोमा

गोकुल बासकोटालाई एकपछि अर्को धक्का, काभ्रेमा एमाले ‘क्लिन स्विप’ को बाटोमा

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 5.6K
    SHARES

  • गोकुल बासकोटालाई एकपछि अर्को धक्का, काभ्रेमा एमाले ‘क्लिन स्विप’ को बाटोमा

    काठमाडौं - नेताका बोली टर्रो भएपछि र भ्रष्टाचारमा मुछिएपछि चुनावमा कस्तो अवस्था भोग्नुपर्दो रहेछ भन्ने उदाहरण एमाले नेता गोकुल बासकोटा बनेका छन् ।

    ७० करोड रुपैयाँ बार्गेनिङ काण्डमा सञ्चारमन्त्रीबाट पदच्यूत भएका बासकोटाको गृहजिल्ला काभ्रेमा एमालेको बिजोग भएको छ । सबै स्थानीय तहको मत परिणाम आउनै लाग्दा काभ्रेमा एमाले ‘क्लिन स्विप’ हुने बाटोमा पुगेको छ ।

    अब पाँचखाल र धुलिखेल नगरपालिकाको मात्र मतगणना सम्पन्न हुन बाँकी छ । पाँचखालमा कांग्रेस अगाडि छ । धुलिखेलमाँ पनि एमाले उम्मेदवार आठ सय मतले अगाडि छन् ।

    बाँकी सबै स्थानीय कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जितेको छ । पहिले एमालेको गढ मानिएको बनेपा, पनौती, मण्डन देउपुर नगरपालिकामा सो पार्टीका उम्मेदवार पराजित भएका छन् ।

    काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी निर्वाचित भएका छन्। २०७४ मा निर्वाचित भएका एमालेका भीम न्यौपानेलाई पछि पार्दै भण्डारी मेयरमा निर्वाचित भएका हुन्।

    भण्डारीले १४०५० मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी न्यौपानेले ११७८३ मत ल्याए। उमपेयरमा भने एमालेकी गीता बन्जारा निर्वाचित भएका छन्।

    गीताले १२३३७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईले १०३८८ मत ल्याए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ५ २०८०१०:२१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend