मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

गोकुल बासकोटाले गरे विद्या भण्डारी राजनीतिक नेतृत्वमा आउने संकेत

गोकुल बासकोटाले गरे विद्या भण्डारी राजनीतिक नेतृत्वमा आउने संकेत

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९

  • 3.6K
    SHARES

  • गोकुल बासकोटाले गरे विद्या भण्डारी राजनीतिक नेतृत्वमा आउने संकेत

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगरी विवादमा तानिएकी छन् । राष्ट्रपतिको पदमा बसेर पनि एमालेका लागि चुनावी एजेन्डा बनाउन नागरिकता विधेयक अस्वीकार गरेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।

    संघीय संसदका दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण नगरी संविधानविपरीत चलेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । आज सो रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    विद्यादेवी भण्डारी आठ वर्षसम्म राष्ट्रपतिको पदमा बसे पनि उनमा अझै एमाले कार्यकर्ताको मानसिकता देखिएको भन्दै आलोचना भइरहेको छ । धेरैले आगामी निर्वाचनपछि भण्डारी एमालेको राजनीतिमा आउने अड्कलबाजी गरिरहेका बेला एमाले नेता गोकुल बासकोटाले सार्वजनिक रूपमै राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीलाई एमालेको नेतृत्व गरे धेरै राम्रो हुने विचार व्यक्त गरेका छन् ।

    एमाले नेता बासकोटाले शुक्रबार बिहान प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले पनि राजनीति गरिरहेको भन्दै भण्डारीलाई पनि कार्यकाल सकिएपछि राजनीति नेतृत्व गर्न आग्रह गरेका हुन् । त्यसै पनि एक वर्षअघि एमालेको महाधिवेशनका बेला केपी ओलीपछि एमालेको नेतृत्व भण्डारीले गर्ने चर्चा चलेको थियो ।

    ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरु रास्ट्रपति बनेका हुन्छन् । एकमात्र पूर्वरास्ट्रपतिले पूर्वमान्यताअनुरूपको राजनीति गरेकै छन् ।

    मेरो सिधा मत छ, वर्तमान रास्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ५ २०८०१०:२१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend