आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नबिल स्टक डिलरको औपचारिक उद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै

नबिल स्टक डिलरको औपचारिक उद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै

  • मिडिया डबली
  • आइतवार, पौष १ २०८०

  • 1.4K
    SHARES

  • नबिल स्टक डिलरको औपचारिक उद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै

    काठमाडौँ- नबिल बैङ्क लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

    शुक्रवार काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो।

    पुँजी बजारसम्बन्धी नियामक निकाय धितो पत्र बोर्डका अध्यक्ष हमालले धितो पत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजी बजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए।

    हमालले पुँजी बजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे। बैङ्कहरूको सहायक कम्पनीहरूलाई धितो पत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजार विकासमा नयाँ आयाम थपेको उनले बताए।

    नबिल बैङ्कले नेपालको पुँजी बजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए।

    अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासहरूलाई नेपालमा ल्याउने तथा संस्थागत सुशासन कायम गर्ने उनले धारणा राखे। कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजी बजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे।

    नबिल स्टक डिलरका अध्यक्ष नीरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजी बजारमा पृथक् पहिचान कायम गर्ने बताए। नबिल स्टक डिलर एक विश्वासिलो एवं दरिलो धितो पत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरिको भनाई छ।

    यस अघि नबिल सेक्यूरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हाल नाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य गरेको हो। कम्पनीले गत भदौ २० गतेदेखि आफ्नो कारोबार सञ्चालन गरे तापनि औपचारिक उद्घाटन आज गरिएको हो। नबिल सेक्यूरिटिज लिमिटेड नेपाल धितो पत्र बोर्डबाट धितो पत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो।

    कम्पनीको अध्यक्ष गिरि धितो पत्र बोर्डका पूर्व कार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन्। चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितो पत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गरिरहेको छ।

    निकट भविष्यमा छिट्टै नै मार्जिन कर्जा सेवा, लगानी व्यवस्थापन सेवा लगायतका सेवाहरू सञ्चालन गर्ने तयारीमा नबिल स्टक डिलर रहेको छ।

    कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितो पत्र दलाल सेवा (धितो पत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १ २०८००१:१२:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend