काठमाडौं - नेपाली कांग्रेस पश्चिम नवलपरासीको जिल्ला भेलामा लफडा देखिएको छ ।
कांग्रेस नेता शेखर कोइरालाले उद्घाटन गर्ने भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ।
जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको, केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका ब्यक्तिहरुलाई मात्र मनोनीत गरेपछि विवाद देखिएको संंस्थापन पक्षका नेता मोहन शर्माले बताए ।
‘विधानअनुसार चल्नुपर्छ कि पर्दैन, वडागत तहबाट सम्मेलन भएर आउनुपर्छ भन्ने लगायतका माग राख्यौं, तर सभापतिजीले सुन्नु भएन ।
त्यसैले हाम्रा साथीहरु आजको भेलामा उपस्थित हुनु हुन्न,’ उनले भने ।
केन्द्रीय सदस्यहरु, प्रदेश सभा सदस्यहरुसहित भ्रातृसंगठनहरुले समेत आपत्ति जनाइरहँदा जबर्जस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।
इतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले भने पार्टीका सबै कमिटीहरु स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने बताउँछन् ।
पश्चिम नवलपरासीमा विक्रम खनाल र देवेन्द्रराज कँडेलको दुई गुट छ ।
दुई गुटले नै एकअर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् ।
यसअघि पनि बीपी कोइरालाको शालिक अनावरणमा कांग्रेसको संस्थापन पक्षले उपस्थिति जनाएको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।