आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सभापतिमा हारेका कोइरालाले गरे यस्तो घोषणा, तन्नेरीहरु तनाबमा

कांग्रेस सभापतिमा हारेका कोइरालाले गरे यस्तो घोषणा, तन्नेरीहरु तनाबमा

  • मिडिया डबली
  • आइतवार, पौष ४ २०७८

  • 6.5K
    SHARES

  • कांग्रेस सभापतिमा हारेका कोइरालाले गरे यस्तो घोषणा, तन्नेरीहरु तनाबमा

    काठमाडौं - कांग्रेसको सभापति पदमा पराजित भएका नेता शेखर कोइरालाले पार्टीमा गुट चलाउने घोषणा गरेका छन् ।

    १४औँ महाधिवेशनमा गुट र भागबण्डाको राजनीति अन्त्य गर्ने भनेर सभापति पदमा मत मागेका कोइरालाले गुट चलाउने जनाएका हुन् ।

    सभापतिमा पराजित भएको एक हप्ता नपुग्दै कोइरालाले गुट चलाउने भनेर घोषणा गरेका हुन् । गुट चलाएपछि भागबण्डामा बागर्नेनिङ गर्ने कोइरालाले संकेत गरेका छन् ।

    ‘मैले गुट चलाउनु पर्यो नि ? मैले भोलि हाम्रा युवाहरूलाई अगाडि ल्याउनको लागि पनि मैले गुट बनाएर हिँड्नु पर्‍यो’, इमेज टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले भनेका छन् ।

    ‘माग्नु पर्दैन । स्थानीय तह, प्रदेश केन्द्रमा लायक रहेका साथीहरू हुनु होला । तिनले टिकट पाउँछ कि पाउँदैन ? कि धनाढ्यहरूले मात्रै टिकट पाउँछन् ? त्यो हेर्न जरुरी छ अब’, कोइरालाले भनेका छन् ।

    गगन थापाका कारण युवाहरूले कोइरालालाई सभापतिमा समर्थन गरेका थिए । तर, कोइरालाको गुट चलाउने घोषणाले युवाहरू निराश भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २० २०७९१२:५८:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend