आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखर कोइरालाले सुरु गरे गुट भेला, नेता बन्ने प्रयास

शेखर कोइरालाले सुरु गरे गुट भेला, नेता बन्ने प्रयास

  • मिडिया डबली
  • बुधवार, पौष २१ २०७८

  • 5.0K
    SHARES

  • शेखर कोइरालाले सुरु गरे गुट भेला, नेता बन्ने प्रयास

    काठमाडौं - १४औं महाधिवेशन सकिएलगत्तै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गुट भेला सुरु गरेका छन् । कोइरालाले मंगलबार र बुधबार दुई दिन लगातार गुट भेला राखेका छन् । यसअघि नेता रामचन्द्र पौडेलको ठाउँ आफूले लिन कोइरालाले गुट भेलालाई निरन्तरता दिएका हुन् ।

    महाधिवेशनका बेला कोइरालाले आफूले गुट भेला नराख्ने, कांग्रेसलाई एकढिक्का बनाउने घोषणा गरेका थिए । तर, अहिले आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले वरीयतामा वर्तमान र पूर्वपदाधिकारीभन्दा तल राखेको भन्दै कोइरालाले गुट भेला बोलाएका हुन् ।

    महाधिवेशन र त्यसपछिको पार्टीभित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक बुधबार दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको छ ।

    महाधिवेशनपछि पार्टी सभापति देउवाले आफू इतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो । सो समूहका नेताहरूबीच मंगलबार पनि छलफल भएको थियो ।

    सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो । देउवाले राष्ट्रिय सभाको निर्वाचनको टिकट वितरणका क्रम देखाएको रबैयाले पनि उनी आफू इतर समूहलाई पेलेरै जाने मुडमा रहेको संकेत गरेको ठहर नेताहरुले गरेका थिए ।

    कोइराला समूहको बैठकमा सो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा चुनाव लडेकाहरुसहित अन्य समर्थकहरूलाई पनि बोलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा इतर समूहका कमला पन्त र नारायण दत्त मिश्रलाई उम्मेदवार बनाइएको छ । दुवै कांग्रेसको १४औं महाधिवेशनमा कोइराला समूहबाट उठेर पराजित भएका थिए । शे

    खरले कांग्रेसमा संस्थापन पक्षबाहेक आफ्नो गुट बलियो बनाउने रणनीति अख्तियार गरेका छन् । तर, उनलाई पौडेल, डा.शशांक कोइराला, सुजाता कोइरालाले साथ दिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २० २०७९१२:५८:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend