आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा यी २ देउवा प्यानल र १ कोइराला प्यानलबाट सहमहामन्त्रीमा विजयी

कांग्रेसमा यी २ देउवा प्यानल र १ कोइराला प्यानलबाट सहमहामन्त्रीमा विजयी

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 5.1K
    SHARES

  • कांग्रेसमा यी २ देउवा प्यानल र १ कोइराला प्यानलबाट सहमहामन्त्रीमा विजयी

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे विजयी बनेका छन् । उनले २ हजार ७११.मत ल्याएका छन् ।

    भिष्मराजका प्रतिद्वन्द्वी विकाश लामाले १ हजार ९१३ मत मात्रै पाएका छन् । आदिवासी जनजातितर्फबाट सहमहामन्त्री बन्न सफल भएका आङ्देम्बे शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका हुन् । लामा डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार थिए ।

    उम्मेदवार लामालाई आङ्देम्बेले ७९८ मतान्तरले पराजित गरेका छन् । निर्वाचनमा कूल ४ हजार ६८१ मत खसेको हो ।  

    महिलातर्फको सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी छन । डिनाले २ हजार ५३३ मत पाएकी छन् । डिना शेरबहादुर देउवाको प्यानलबाट महिलातर्फ सहमहामन्त्रीको उम्मेदवार बनेकी हुन् । उनका प्रतिद्वन्द्वी कमला पन्तले २ हजार १०५ मत पाएर पराजय भोग्नुपर्‍यो । पन्त शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेकी हुन् ।

    दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । जीवनले २ हजार २१२ मत ल्याएर सहमहामन्त्री जितेका छन् । उनका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले २ हजार १७५ मत ल्याएका छन् । दुबै उम्मेदवारबीच ३७ मतको अन्तर रहेको छ । विजयी जीवन शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने मानबहादुर देउवा प्यानलका उम्मेदवार हुन् ।

    कांग्रेस पार्टीमा महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेशी, थारु, मुस्लिम र अल्पसंख्यक तथा पिछडिएको क्षेत्र गरी ८ सहमहामन्त्री हुने व्यवस्था रहेको छ । 

    हालसम्म महिला, दलित र आदिवासी जनजातितर्फको मात्रै मतगणना भएकाले अन्य ५ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहमहामन्त्रीको मतगणना बाँकी नै रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend