काठमाडौं । मुम्बई आतंकवादी हमलाको १५औं वार्षिकोत्सवको स्मरण गर्दै आइतबार जावलाखेलमा विश्व शान्ति र्याली निकालिएको छ ।
विश्वमा शान्ति र साहसको सन्देश फैलाउने उद्देश्यले विश्व शान्ति युवा अभियानले शान्ति र्यालीको आयोजना गरेको हो ।
प्रदर्शनमा उत्रिएका युवाहरुले आतंकवादविरुद्ध नाराबाजी गर्दै शान्तिको माग गरेका थिए ।
उनीहरूले पाकिस्तानले आतंकवादलाई संरक्षण दिएको आरोप लगाए ।
प्रदर्शनमा उत्रिएका युवाहरूले आतंकवादविरुद्धको चेतना र जनसमर्थनका लागि भेला आयोजना गरिएको उल्लेख गर्दै विश्वमा शान्ति स्थापना हुनुपर्ने धारणा राखेका थिए ।
सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला हुँदा ५० जनाभन्दा बढी मारिएका थिए । एक सयभन्दा बढी घाइते भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।