काठमाडौँ -टीसीएल ब्रान्डले ग्राउन्ड ब्रेकिंग डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधिले सुसज्जित नवीनतम वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
डीडी इन्भर्टर मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरु भन्दा उत्कृष्ट बनाएको नेपालका लागि टीसीएल ब्राण्डको उत्पादनहरुको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल प्रालीले जनाएको छ ।
ईओएलका अनुसार यसको बेल्ट–फ्री डिजाइनले दक्षता बढाउँछ, शोर र कम्पनहरू कम गर्दै यो वाशिङ मेसिनलाई बढी टिकाउ बनाउँछ र मेसिनले ऊर्जा र पानीको खपत कम गर्न पनि मद्धत गर्छ ।
कम्पनीका अनुसार टीसीएलले आफ्नो घरेलु उपकरणहरुमा दक्षता र सुविधालाई प्राथमिकता दिइरहेको छ ।
डीडी इन्भर्टर मोटर आधुनिक घरपरिवारका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने टीसीएलको प्रतिबद्धताको प्रमाण भएको पनि उल्लेख गरेको छ ।
ईओएलका अनुसार यस्ता छन् यो वाशिङ मेसिनका विशेषताहरु–
स्टीम वाश – कपडा र भित्री ड्रमबाट ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ, परिवार सुरक्षा सुनिश्चित गर्दछ ।
ड्रम क्लीन – प्रत्येक वाशअघि भित्री सिलिन्डरलाई तातो पानीले तुरुन्तै फ्लश गरी सफा धुने वातावरण कायम गर्दछ ।
स्प्रे वाश – पानीको जेटले ढोकाको ग्यास्केटमा रहेको फोम र डिटर्जेन्टको अवशेषलाई धुन्छ र प्रभावकारी लुगा वातावरण सुनिश्चित गर्दछ ।
एड गारमेन्ट – पुनः शुरु नगरी वाश साइकलको समयमै मेसिन पज गर्न र कपडा थप्न सकिने ।
टीसीएल हनिकम्ब डिजाइनको साथ, ड्रमले साइकलमा घर्षण क्षतिलाई कम गर्छ ।
२४–घण्टा डिले – आफ्नो अनुकूलअनुसार वाश साइकल छनोट गर्न सकिने ।
चाइल्ड लक – चाइल्ड लक सुविधाले सेटिङहरू सुरक्षित राखी अवरोधहरू रोकी मनको शान्ति सुनिश्चित गर्दछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।