आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ऐरी, मल्ल र गुरुङलाई मारवाडी सेवा समितिको जनही एक/एक लाख

ऐरी, मल्ल र गुरुङलाई मारवाडी सेवा समितिको जनही एक/एक लाख

  • मिडिया डबली
  • आइतवार, मंसिर ३ २०८०

  • 2.2K
    SHARES

  • ऐरी, मल्ल र गुरुङलाई मारवाडी सेवा समितिको जनही एक/एक लाख

    काठमाडौँ- मारवाडी सेवा समिति नेपालले १९ औं एसियन गेम्स–२०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ।

    विश्व कीर्तिमान बनाएका क्रिकेटर दीपेन्द्र सिंह ऐरी, कुशल मल्लसहित कराँतेतर्फ रजत पदक दिलाएकी एरिका गुरुङलाई जनही एउक लाखसहित सम्मान गरिएको हो।

    कार्यक्रममा नेपाल क्रिकेट एशोसियन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई पनि टोकल अफ लभद्वारा सम्मान गरिएको थियो। सोही अवसरमा मारवाडी समाजका सदस्यहरू एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री पवन अग्रवाल र पूर्व क्रिकेटर श्री पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको थियो। ऐरीले ९ बलमा अर्ध शतक बनाई विश्व किर्तिमान बनाएका थिए।

    त्यस्तै, मल्लले ३४ बलमा शतक बनाई विश्व किर्तिमान बनाएका थिए। उनीहरूको हौसला बढाउ नगदसहित सम्मान गरिएको मारवाडी सेवा समितिले जनाएको छ। मारवाडी समाजले हरेक वर्ष ‘दीपावली स्नेह मिलन’ मनाउँदै आएको छ।

    यो वर्ष पनि मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मंच र मारवाडी युवा मंच सहित समाजका सदस्यको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रममा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिक आपत विपत आदिमा पुर्याउँदै आइरहेको सेवा कार्य बारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रुकुममा केहि दिन अघि गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षती भएकोमा त्यस क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको बताएका थिए।

    पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको उनले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ३ २०८०१०:३७:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend