आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नबिल बैङ्कको दराजसँग इएमआई अभियान

नबिल बैङ्कको दराजसँग इएमआई अभियान

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २४ २०८०

  • 2.3K
    SHARES

  • नबिल बैङ्कको दराजसँग इएमआई अभियान

    काठमाडौँ- नबिल बैङ्कले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ।

    यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न बैङ्कले जनाएको छ।

    नबिल बैङ्कले यस सहकार्य मार्फत क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ। ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्।

    ग्राहकहरूले नबिल बैङ्कको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन्। यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघि नै बैङ्कमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ। यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई [email protected] मा आवेदन दिनुपर्नेछ।

    यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतिरिक्त लागत विना किस्ता सुविधा पाउने छन्। तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ। साथै, नबिल बैङ्कले दराजको ११:११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ।

    ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ।

    नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो। बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैङ्कसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक सङ्ख्या पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १८ २०८०११:३३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend