काठमाडौं - एमालेले कोशी प्रदेशमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।
सोमबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायमै राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको बताए। कोशी प्रदेशमा एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले शनिबार राजीनामा दिएका थिए।
कांग्रेसको विद्रोही पक्ष र एमालेबीचको समझदारीविपरीत मुख्यमन्त्री कार्कीले माओवाी र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो।
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मत दिएका थिए। राप्रपा भने मतदानमा सहभागी नै भएन ।
तर अहिले राप्रपाले सभामुख पाउन सत्तारुढ दलसँग चर्को बार्गेनिङ गरिरहेको छ । सोही कारण एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत कायमै राखेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।