आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सुन तस्करीमा छोरालाई हतकडी, बाउलाई उन्मुक्ति

सुन तस्करीमा छोरालाई हतकडी, बाउलाई उन्मुक्ति

  • मिडिया डबली
  • आइतवार, आश्विन २१ २०८०

  • 9.1K
    SHARES

  • सुन तस्करीमा छोरालाई हतकडी, बाउलाई उन्मुक्ति

    काठमाडौं - विद्युतीय चुरोट (भेप) मार्फत अवैध सुन तस्करीको अभियोगमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरामाथि मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

    सीआईबीले राहुलसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो ।

    ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् । सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ ।

    भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ ।

    २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो सुन भेटिएको थियो ।

    भेपका रूपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए । महरा बाबुछोराले समेत २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेका थिए ।

    त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरेको थियो । गत असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएको छ ।

    तर उनलाई मुख्य प्रतिवादी नबनाई उन्मुक्ति दिइएको छ । विभिन्न काण्ड गरेर विवादमा तानिएका महराले सबैमा उन्मुक्ति पाउँदै आएका छन् ।

    प्रचण्डको नेतृत्वमा सरकार बनाउन ५० करोड माग गर्दै उनले चिनियाँ व्यापारीलाई फोन गरेको अडियो सार्वजनिक भएको थियो । तर तत्कालीन सरकारले उनलाई यो प्रकरणमा सोधपुछसमेत गरेन ।

    संसद् सचिवालयकी एक महिलामाथि यौन काण्डको आरोपमा महराले सभामुख पद गुमाए । तीन महिना जेल बसे । तर अदालतबाट उनलाई सफाइ दिइयो ।

    अहिले नौ केसी सुन तस्करी प्रकरणमा पनि महरालाई उन्मुक्ति दिइएको छ । बरु उनका छोरा राहुलको भने चिसो छिँडीको बास हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १० २०७८०४:०३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend