काठमाडौं - संसदीय सचिवालयमा कार्यरत एक महिलाको घरमा ह्विस्कीसहित पुगेका तत्कालीन सभामुख कृष्णबहादुर महराले सोही केसमा पदमात्र गुमाएनन्, तीन महिना जेल नै परे । तर, पछि सबै राज्यशक्ति प्रयोग गरेर उनलाई सफाइ दिइयो । जसले महराको प्रतिनिधिसभा सदस्य पद भने सुरक्षित रह्यो ।
ती महिलाले महरामाथि आफूलाई रक्सी खाएर जबर्जस्तीकरणी गरेको आरोप मिडियामार्फत सार्वजनिक गरेकी थिइन् । महरा उनको कोठामा पुगेको फोटोसमेत सार्वजनिक भएको थियो । सिसिटिभी क्यामेराले पनि ओलीको गाडी ती महिलाको कोठामा गएको देखाएको थियो ।
एउटै केसमा कसैलाई जेलको हावा, कसैलाई बालुवाटारको रेड कार्पेट ओली शासनमा देखिएको छ । बिहीबार एमाले कार्यकर्ता बालिका खड्काले एमालेकै थापाथलीस्थित मुख्यालयमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि कारबाही गर्न माग गर्दै नाराबाजी गरिन् । उनले शेरधनले आफ्नो यौन शोषण गरेको र तर अहिले आफूलाई बेवास्ता गरेको नाराबाजी गरिन् ।
मुख्यमन्त्री राईकै अगाडि उनले त्यसो भन्दा प्रहरीले उनको मुख थुन्न खोज्यो । एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पनि पुगेका थिए । तर, आफ्नो शरीरमाथि खेलवाड गरेको भन्दै सार्वजनिक रूपमा पार्टीकै कार्यकर्ताले आरोप लगाउँदा पनि प्रधानमन्त्री ओलीले किन उनलाई न्याय दिएका छैनन् ? प्रश्न उब्जेको छ ।
यदि बालिकाको मानसिक अवस्था बिग्रेको हो भने उनको उपचार गर्ने दायित्व पनि एमाले अध्यक्षका हैसियतमा ओलीकै हो । तर, ओलीले दोहोरो रोल खेलेका छन् । मुख्यमन्त्री राईलाई यस विषयमा कारबाहीको दायरामा नल्याएका मात्र होइन, उनलाई रेड कार्पेट नै ओछ्याएका छन् । राज्यका सबै निकाय बालिका खड्काको केसबारे मौन रहनुले देश कुन अवस्थामा पुगेको छ, सहजै अनुमान गर्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।