आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महरालाई सुनकाण्डमा चोख्याउन गृहमन्त्रीको यस्तो नाटक

महरालाई सुनकाण्डमा चोख्याउन गृहमन्त्रीको यस्तो नाटक

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १९ २०८०

  • 2.0K
    SHARES

  • महरालाई सुनकाण्डमा चोख्याउन गृहमन्त्रीको यस्तो नाटक

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेको मागबमोजिम सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिसकेको छ ।

    सो आयोगलाई नौ किलो र ६० किलो सुन तस्करीको जाँचबुझ गर्नसमेत अधिकार दिइएको छ । आयोगले आफ्नो काम सुरु नगर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हतार हतार माओवादी उपाध्यक्ष उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान कागज गराएको छ । सीआइबीले सोमबार महरालाई बोलाएर सोधपुछ गरेको हो ।

    गृहमन्त्री श्रेष्ठले सुन तस्करीमा आफ्नै दलका नेता भए पनि नछाड्ने भाषण गर्थे, तर अहिले उनी पार्टीका नेता नै चोख्याउन प्रहरीलाई दबाब दिइरहेको बताइएको छ ।

    विद्युतीय चुरोट (भेप) मा भएको नौ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुखसमेत रहेका महरासँग सोधपुछ गर्दै बयान कागज गरेको छ । त्यो भनेको प्रतिवादी नबनाई अदालतमा मुद्दा दायर गर्न खोज्नु हो ।

    जसरी बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई सीआइबीले बयान कागज गरेर उन्मुक्ति दिएको थियो, महरालाई पनि त्यसरी नै उन्मुक्ति दिन लागिएको हो । विद्युतीय चुरोटमा सुन ल्याउने चिनियाँ नागरिक लीसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो ।

    सुन तस्करीमा संलग्न चिनियाँसँग सम्बन्ध देखिएका महराकै छोरा राहुललाई सीआईबीले पक्राउ गरिसकेको छ । राहुलविरुद्ध मुद्दा दायर गर्नुअघि महराको सम्बन्धबारे सीआईबीले सोधपुछका लागि बोलाएको जनाएको छ ।

    महराले भने दुवैबाट आएको विद्युतीय चुरोट विमानस्थलमा बरामद भएको र त्यसको लिलामी प्रक्रियाबारे जानकारी मात्रै लिएको दाबी गरेका छन् । गत पुसमा विद्युतीय चुरोटमा आएको नौ किलो सुन विमानस्थलबाट चोरिएको थियो । जसमा चिनियाँ नागरिक जोडिएका थिए । साथै, माओवादीका अधिकांश शीर्ष नेता सुनकाण्डमा मुछिएका छन् ।

    सीआईबीले गरेको अनुसन्धानमा ब्रेक सुमा ६० किलो र विद्युतीय चुरोटमा नौ किलो सुन तस्करी गर्ने एउटै चिनियाँ समूह भएको निष्कर्षसहित मुद्दा दायर गरिसकेको छ । महरालाई चोख्याइने भएपछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन आयोगको गठन नौटंकी मात्रै हुने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १० २०७८०४:०३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend