काठमाडौँ- जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दसैँ तिहार २०८० लाई लक्षित गर्दै ‘यो दसैँ तिहार, हरेक दिन टीभी उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।
ग्राहकहरुले यो योजनाको लाभ भाद्र २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्। यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिनसम्म ४० भाग्यशाली ग्राहकहरुले प्रत्येक दिन सेन्साईको २४ इन्चको टीभी उपहार जित्न सक्नेछन्।
सेन्साईका ग्राहकहरुले आफूलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्यूआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ।
त्यसै गरि शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। यी सुबिधाका लागि ग्राहकहरुले लिंकमा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ।
सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको कम्पनीको दाबी छ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हातिगौंडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु, नयाँ बजार र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।