काठमाडौँ -मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको अध्यक्षमा दिपककुमार मलहोत्रा चयन भएका छन् ।
यही असोज ३ गते भएको एशोसिएसनको साधारण सभाले मलहोत्राको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । सभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो ।
एशोसिएसनको उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा पनि पुरानै दोहोरिएका हुन् ।
सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए ।
यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।