आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रक्षामन्त्री कांग्रेसको, आफूखुसी निर्णय माओवादीको

रक्षामन्त्री कांग्रेसको, आफूखुसी निर्णय माओवादीको

  • मिडिया डबली
  • आइतवार, आश्विन ७ २०८०

  • 5.2K
    SHARES

  • रक्षामन्त्री कांग्रेसको, आफूखुसी निर्णय माओवादीको

    काठमाडौं - अहिले देशमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छ । सरकारमा नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, जनमतलगायत पार्टीको सहभागिता छ ।

    प्रधानमन्त्री प्रचण्ड छन् । कांग्रेसले नौवटा मन्त्रालय पाएको छ । तर सरकारको सबै निर्णयमा माओवादी हाबी छ । कांग्रेसका एउटा पनि मन्त्रीले सन्तोषजनक काम गर्न सकेका छैनन् ।

    त्यति मात्र होइन, कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री छन् । तर रक्षा मन्त्रालयमा खड्काको होइन, प्रचण्डको निर्णय चल्ने गरेको छ ।

    आफ्नो मन्त्रालयसमेत चलाउन नसक्ने अवस्थामा मन्त्री खड्का देखिएका छन् । हालै भएको एक निर्णयले नेपाली सेनामा व्यापक असन्तुष्टि सिर्जना भएको छ ।

    यस्तो निर्णय गर्ने काम प्रधानमन्त्री प्रचण्डले गरेका हुन् । तर विभागीय मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्का मौन छन् ।

    सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीले नियमविपरीत दोस्रोपटक विशेष लाभ पाएका छन्।

    तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले समायोजनबाट गएका अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।

    चार वर्षका लागि गरिएको बढुवा असोज १ गते सकिँदै थियो । तर प्रचण्डले उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय गरेका छन् ।

    राजनीतिक आडमा सेनामा अतिरिक्त सुविधा पाएका अधिकारीलाई फेरि सोही पदमा तीन वर्षका लागि निरन्तरता दिने सरकारको निर्णयप्रति नेपाली सेनाभित्र चर्को असन्तुष्टि देखिएको छ।

    ‘नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत सहायक रथी यमबहादुर अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति २०८० भदौ ३१ गतेबाटै लागू हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोस्रोपटक तीन वर्षको पदावधि थप भएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

    यो विषयबारे नेपाली कांग्रेसमा कुरा उठेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले अधिकारीको म्याद थपबारे कांग्रेस उपसभापतिसमेत रहेका रक्षामन्त्री खड्कासँग जवाफ माग गरेका छन्। प्रचण्ड विदेश भ्रमणमा रहेका बेला रक्षामन्त्री खड्का कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा समेत छन्।

    ‘समायोजनबाट गएकालाई बिग्रेडियर जनरल ओलीले बनाएका थिए। कानुनविपरीत फेरि तीन वर्ष म्याद थपेको छ। सेनालाई माओवादी कब्जामा दिन लागेको त होइन ? हाम्रो नेता रक्षामन्त्री हुनुहुन्छ। क्याबिनेटबाटै निर्णय भएछ। यसबारे जवाफ आओस्,’ नेता बस्नेतले भनेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री खड्का र प्रधानसेनापति प्रभुराम शर्माको मिलेमतोमा उक्त निर्णय भएको स्रोतको दावी छ। अधिकारीको अतिरिक्त म्याद थपबारे कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत जानकारी नदिइएको बुझिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०७:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend