आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस महामन्त्री खड्काको जिल्लामा को बन्ला सभापति ? यी हुन् दाबेदार

कांग्रेस महामन्त्री खड्काको जिल्लामा को बन्ला सभापति ? यी हुन् दाबेदार

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १८ २०७८

  • 15.2K
    SHARES

  • कांग्रेस महामन्त्री खड्काको जिल्लामा को बन्ला सभापति ? यी हुन् दाबेदार

    सुर्खेत, १८ भदौ - कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा जिल्ला अधिवेशनका लागि माहोल तातेको छ । प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा अन्य जिल्लाको भन्दा कांग्रेस राजनीति फरक छ । 

    अन्य जिल्लामा देउवा, पौडेल, सिटौला र कोइरालाको प्यानल हावी हुने गरेको भए पनि सुर्खेत जिल्लामा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का प्यानलबीच कडा प्रतिपस्पर्धा हुने देखिएको छ । 

    केन्द्रीय सदस्य थानी पौडेल पक्षधर नेता हुन् भने खड्का संस्थापन देउवा पक्षधर हुन् । तर, जिल्लामा थानी र खड्का पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

    गत जिल्ला अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मी र खड्का प्यानलका यज्ञबहादुर बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा भएको थियो । रेग्मीले बुढाक्षेत्रीलाई तीन मतले पराजित गरेका थिए । बुढाक्षेत्री हाल कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री छन् । 

    बहालवाला पार्टी सभापति रेग्मी दोस्रोपटक पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् भने खड्का प्यानलले पुनः बुढाक्षेत्रीलाई सभापपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । दुवै सभापतिका बलिया उम्मेदवार हुन् ।

    खड्का प्यानलबाट सभापतिमा आंकाक्षीहरुको धेरै छन् । खड्का पक्षका कालीप्रसाद शाक्य, टोपबहादुर रावत, श्याम भारती, गोविन्द कोइरालालगायतका नेताहरुले सभापतिमा आकांक्षा राखेको छन् । 
    सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले सभापतिको उम्मेदवारको आंकाक्षा राखेका छन् । उनी अहिलेसम्म कुनै समूहमा खुलेका छैनन् । 

    सुर्खेतमा तप्तबहादुर विष्ट समूह पनि थियाे । उनको निधनपछि नेता तथा कार्यकर्ता अहिले खड्का प्यानलमा लागेका छन् । विष्ट समूह खड्का प्यानलमा लागेका कारण अहिले खड्का प्यानलले जित्न सक्ने कांग्रेसका कार्यकर्ताहरु बताउने गरेका छन् । तर, थानी प्यानल पनि बलियाे रहेकाले अहिले नै अनुमान गर्न हतार हुने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २४ २०७८०७:१४:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend