आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘किचन क्याबिनेट’का नेता नै देउवासँग असन्तुष्ट, महामन्त्री पूर्णबहादुरले गरे यस्तो खुलासा

‘किचन क्याबिनेट’का नेता नै देउवासँग असन्तुष्ट, महामन्त्री पूर्णबहादुरले गरे यस्तो खुलासा

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 8.5K
    SHARES

  • ‘किचन क्याबिनेट’का नेता नै देउवासँग असन्तुष्ट, महामन्त्री पूर्णबहादुरले गरे यस्तो खुलासा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले देउवा सरकार र गण्डकी प्रदेश सरकारका मन्त्री नियुक्तिमा कमजोरी भएको खुलासा गरेका छन् ।

    महामन्त्री खड्काले सोमवार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै दुबै सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका प्रतिक्रियालाई सकारात्मक रूपमा लिएर सच्चिनुपर्ने मत राखेका छन् ।

    महामन्त्री खड्काले भने, ‘हामी बीचबाट जसजसका कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग क्षमायाचना गर्दछु ।’

    आमनागरिकमा आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समयमै गर्न जरूरी रहेका महामन्त्री खड्काले बताए ।

    प्रधानमन्त्री देउवाले निजी शिक्षाका व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकोमा कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । श्रेष्ठको नियुक्तिलाई लिएर पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि देउवा निकट ‘किचन क्याबिनेट’मै रहेका महामन्त्री खड्काले नै आलोचना गरेका छन् ।

    गण्डकी प्रदेश सरकारका मन्त्री बनाउने निर्णय भएर पनि सांसद दोबाटे विकलाई बाटोमै रोकेर व्यवसायी विन्दु थापालाई मन्त्री बनाइएकोमा समेत विरोध भइरहेको छ ।

    मन्त्री नियुक्त भएका श्रेष्ठ र थापा दुबै देउवा पक्षका हुन् तर पनि महामन्त्री खड्काले जनस्तरमा भएको आलोचनालाई सकारात्मक रूपमा लिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend