काठमाडौं, १८ असोज - नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख रहेको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।
कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको सोमबार जारी प्रेस नोटमा उल्लेख छ ।
खड्का गत मंगलबार अस्पताल भर्ना भएका थिए । उनको रक्तचाप, पल्स, अक्सिजनको लेबल सबै सामान्य रहेको अस्पतालले जनाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।