काठमाडौं- कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले केपी ओली सरकारका कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि बढेको बताएका छन् । महामन्त्री खड्काले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि भइरहेको बताएका हुन् ।
कांग्रेस तरुण विभागले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि भइरहेको बताएका हुन् । सरकारको रवैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको बताउँदै उनले सरकारलाई खबरदारी गर्न कांग्रेस कमजोर नरहेको उनले बताएका छन् ।
त्यस्तै नेता खड्काले कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको बताएका छन् । उनले सरकारका गलत निर्णय र सत्तारुढ दलको रवैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरुण दलले काम गर्नुपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।