काठमाडौं - चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेडपछि पुनः शुभारम्भ भएको छ ।
नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु उपलब्ध रहेको छ ।
मिनभवनको गोरखा कम्प्लेक्समा २००५ मा नै शोरुम खोलिएको थियो । अहिले त्यही शोरुमलाई नयाँ र आधुनिक डिजाइनमा पुनः सुरु गरेको हो । यो शोरुम हप्ताको सातै दिन विहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ ।
यो शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी लगायतको सुविधा रहेको कम्पनीले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।