सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा मन्त्री नै गायब हुने क्रम बढ्यो, राजनीतिक उलटपुलटको संकेत

चीनमा मन्त्री नै गायब हुने क्रम बढ्यो, राजनीतिक उलटपुलटको संकेत

  • मिडिया डबली
  • बिहिवार, भाद्र २८ २०८०

  • 3.8K
    SHARES

  • चीनमा मन्त्री नै गायब हुने क्रम बढ्यो, राजनीतिक उलटपुलटको संकेत

    काठमाडौं - चीनमा एकपछि अर्को मन्त्रीलाई गायब पार्ने क्रम सुरु भएको छ । गत साउन ९ मा ‘नेसनल पिपल्स कंग्रेस’ को स्थायी समितिको विशेष बैठकले तत्कालीन विदेशमन्त्री काङलाई पदमुक्त गरेको थियो।

    लामो समय सार्वजनिक जीवनमा देखा नपरेका काङको स्थानमा वाङ यीलाई विदेशमन्त्री नियुक्त गरियो। तत्कालीन विदेशमन्त्री काङ कहाँ छन् भन्ने विषयमा अहिलेसम्म चिनियाँ अधिकारीले औपचारिक जानकारी बाहिर ल्याएका छैनन्।

    गत जुन २५ मा श्रीलंकाका विदेशमन्त्रीसँग बेइजिङमा भएको बैठकपछि सार्वजनिक जीवनमा देखानपरेका विदेशमन्त्री काङ शंकास्पद रुपमा गायव भएपछि उनी वाङ यीसँगको शक्ति संघर्षका कारण सरकारी हिरासतमा पुगेको विश्लेषण गरिएको छ।

    एकजना महिला टेलिभिजन प्रस्तोतासँगको सम्बन्धसँग जोडिएको छ। उनीहरु दुबैजना बेपत्ता छन्। चीनले यसबारे केही मुख खोलेको छैन । मौनता साँधेको छ । अहिले फेरि अर्का मन्त्री बेपत्ता छन् ।

    रक्षामन्त्री जनरल ली शाङ्फुलाई सैन्य हिरासतमा राखिएको अनुमान गरिएको छ। सेप्टेम्बर ९ अर्थात् भदौ २२ गते चीनका राष्ट्रपति सी जिनपिङसमेत सहभागी राष्ट्रिय सुरक्षासम्बन्धी एउटा समारोहमा रक्षामन्त्री ली देखिएका थिएनन्।

    गत वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेइजिङ फर्किएलगत्तै रक्षामन्त्री ली चिनियाँ अधिकारीको निगरानीमा परेका थिए।

    रक्षामन्त्री नै गायव भएपछि आगामी महिनामा हुने स्थायी समिति बैठकबाट नयाँ रक्षामन्त्री नियुक्त हुनसक्ने चर्चा सुरु भएको छ।

    रक्षामन्त्री जनरल ली कतै देखा नपरेको समयमा राष्ट्रपति सी जिनपिङले राष्ट्रिय एकता कायम राख्न र युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिएका छन्।

    यसले चीनमा सम्भावित सैन्य विद्रोह अथवा सुरक्षा संकटको पनि संकेत गर्छ। एकपछि अर्को मन्त्री गायब हुन थालेपछि चीनमा राजनीतिक उलटपुलटको संकेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ४ २०८००१:३७:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend