आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

के देउवाले शशांकलाई पार्टी सभापतिको उम्मेदवार बनाउन लागेका हुन् ?

के देउवाले शशांकलाई पार्टी सभापतिको उम्मेदवार बनाउन लागेका हुन् ?

  • मिडिया डबली
  • बुधवार, भाद्र २० २०८०

  • 4.8K
    SHARES

  • के देउवाले शशांकलाई पार्टी सभापतिको उम्मेदवार बनाउन लागेका हुन् ?

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापति शेरबहादुर देउवा समूहको सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् ।

    भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस विषयमा टुंगो भने नलागिसके जानकारी दिए ।

    कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाई हुने सम्भावना कत्तिको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’ पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनले प्रस्ट पारे ।

    ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु,’ कोइरालाले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend