काठमाडौं - नेपाल र भारतबीचको एशिया कप खेलमा नेपालाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुगेका छन्।
सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल.बी क्षेत्री पनि श्रीलंका पुगेका हुन्।
पहिलो पटक एसिया कपमा छनोट भएका नेपाली खेलाडीको हौसलाकै लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि श्रीलंका पुगेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगाएतका बिभिन्न व्यक्तिहरु पनि श्रीलंका पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।