सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बेलायतका रक्षामन्त्रीले दिए राजीनामा

बेलायतका रक्षामन्त्रीले दिए राजीनामा

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १५ २०८०

  • 1.5K
    SHARES

  • बेलायतका रक्षामन्त्रीले दिए राजीनामा

    बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन्। गत महिना नै राजीनामा दिने घोषणा गरेका वालेसले अहिले राजीनामा दिएका हुन्।

    उनले राजीनामाको कारण भने खुलाएका छैनन्। बिगत अठार वर्षदेखि बेलायतमा सांसद रहेका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने ब्यक्ति थिए।

    चार वर्ष रक्षामन्त्री रहेका कन्जर्भेटिभ नेता वालेसले नौ वर्ष अन्य मन्त्रालय सम्मालेका थिए। बेलायती प्रधानमन्त्री ऋषि सुनकले वालेसको राजीनामा स्वीकृत गर्दै युक्रेनका लागि पश्चिमा देशहरुको सहयोग जुटाउन उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसागरेका छन्।

    प्रधानमन्त्री सुनकले वालेसको ठाउँमा उर्जामन्त्री रहेका ग्रान्ट शाप्सलाई नियुक्त गर्ने घोषणा गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १५ २०८०१२:३१:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend