आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

  • मिडिया डबली
  • बुधवार, भाद्र १३ २०८०

  • 4.4K
    SHARES

  • कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

    काठमाडौँ - पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । अवैध सुन प्रकरणमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज उनकै घरबाट पक्राउ गरेको हो ।

    विमानस्थलबाट हुने सुन तस्करीमा पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा मुछिएका छन् ।

    ई–सिगरेट भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारीसमेत रहेका तस्करसँग महरा बाबुछोरा मुछिएका हुन् । ‘सुन तस्करी संलग्न भनिएका चिनियाँ नागरिकसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत कनेक्सन देखिएको छ’, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बताएको छ । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनमा उनीहरुको मोबाइल नम्बरसहित सरकारी वकिल कार्यालयमा बुझाएको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलको बारम्बार सम्पर्क रहेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    भन्सारकै कर्मचारीको मिलेमतोमा तस्करी भएको सुन अहिलेसम्म भेटिएको छैन । २०७९ पुस १० गते फ्लाइ दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए । व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो ।

    पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्कालगायत जोडिएका थिए ।

    दिनेशले नासु रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए । तत्काल खुल्न आएअनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

    स्रोतका अनुसार नेता महराका छोरा राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै लिलामको प्रक्रियाबारे बुझेका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई राहुलले मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेका स्रोतको दाबी छ । पुस १० गते आएका चिनियाँ नागरिकले ल्याएको सुनको सुटकेश अनुसन्धानका लागि मात्रै सीआईबीलाई पठाइएको थियो ।

    माघ २९ गते चिनियाँ नागरिकले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट नेपाल ल्याएका थिए । आगो नसल्कने उक्त सिगरेटलाई गैरकानूनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो ।

    पटक–पटक स्क्यान गरेर बाक्सामा चुरोट बाहेक अरु कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्काएर राखेका थिए । सामान्यतः जफत गरिएका सामानहरु एकट्ठा गरी एक–दुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो ।

    सो प्रकरणमा भन्सारका नासु रेवन्त खड्का, भन्सार एजेण्ट दिनेश बस्नेतको मिलेमतोमा सुन बाहिरिएको थियो । प्रहरीले अनुसन्धानका सबै प्रकृया सकाएर त्रिभुवन विमानस्थल कार्यालय, गौचरको मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नायव सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोशी–६ का ३२ वर्षीय दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौँ भोटेबहाल बस्ने ५४ वर्षीय बेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भइ हाल काठमाडौँ बस्ने ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, सिन्धुपाल्चोक सुनकोशी–६ घर भइ हाल काठमाडौँको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की, बाग्लुङ्गको काठेखोला–३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ का निर्मलकुमार बिक, सिन्धुपाल्चोकको सुनकोशी–६ घर भै हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ का दिपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र हाल पेप्सीकोला बस्ने वर्ष ४२ का गोपाल सुवेदीलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १० २०७८०४:०३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend