भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ ।
भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् ।
चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।
‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो ।
इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो देश बन्नेछ । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।