काठमाडौं - काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ ।
प्रदेश ३०१००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो।
घटनास्थलमा सुरक्षाकर्मीसहित उद्धार दल परिचालन भएको छ । दुर्घटनाका घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीले मानवीय क्षतिको विवरण आइनसकेको जनाएको छ । धेरै मानिसको हताहती भएको आशंका गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।