आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

भ्रष्टाचार प्रकरणमा बयान दिने माधव र बाबुराम बने पहिलो पूर्वप्रधानमन्त्री

भ्रष्टाचार प्रकरणमा बयान दिने माधव र बाबुराम बने पहिलो पूर्वप्रधानमन्त्री

  • मिडिया डबली
  • सोमवार, भाद्र ४ २०८०

  • 2.2K
    SHARES

  • भ्रष्टाचार प्रकरणमा बयान दिने माधव र बाबुराम बने पहिलो पूर्वप्रधानमन्त्री

    काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई भ्रष्टाचार प्रकरणमा बयान दिने पहिलो पूर्वप्रधानमन्त्री बनेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान दिएको हो ।

    सिआईबीले आइतबार नै ललिता निवास जग्गा प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको थियो ।

    तर सर्वत्र नीतिगत निर्णय गर्ने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना भएपछि सिआईबीले आइतबार राति निवासमै पुगेर दुवै नेतासँग बयान लिएको हो ।

    सिआईबीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपालनिवास कोटेश्वरमै पुगेर बयान लिएको हो । सीआईबीले सोही प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।

    उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले नीतिगत निर्णय गराएको आरोप छ। सर्वोच्च अदालतले यस प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

    काठमाडौं जिल्ला अदालतले सिआईबीलाई अनियमितता प्रकरणमा अनुसन्धान गर्न दिएको सोमबार ५६ दिन पुगेको छ । ६० दिनभित्र अनुसन्धान सकेर मुद्दा जिल्ला सरकारी वकिललाई बुझाउनै पर्ने हुन्छ ।

    यो प्रकरणमा अहिलेसम्म २० जनाभन्दा बढीसँग सिआईबीले बयान लिइसकेको छ । ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा सिआईबीले छानबिन अघि बढाएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७११:०३:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend